सुनको मूल्यमा ‘रेकर्ड ब्रेक’, तोलाको २ लाख ४० हजार ४ सय पुग्यो

दुई हजार चारसय रुपैयाँ बढ्याे


काठमाडौं – हिजो तोलामा तीन हजार रुपैयाँ बढेको सुनको मूल्य आज पनि बढेको छ । तोलामा दुई हजार चारसय रुपैयाँ बढेर सुनको मूल्य आज दुईलाख ४० हजार चारसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवायी महासंघले जनाएको छ ।

यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य आज तोलामा ३५ रुपैयाँ बढेर तीन हजार दुईसय २० रुपैयाँ पुगेको छ।