काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ।
२३ र २४ भदौ २०८२ मा भएको जेन-जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले जाहेरी दिएको हो ।
नेविसंघका केन्द्रीयहरू सदस्य मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएको नेविसंघ केन्द्रीय सदस्य अशोकसिंह विष्टले जानकारी दिए ।



About Us
प्रतिक्रिया