काठमाडौं — केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदीलाई पक्राउ गरेको छ । उनलाई प्रहरीले काठमाडौंस्थित शंखमुलमा रहेको उनको निवासबाट पक्राउ गरिएको हो।
सुवेदीलाई नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभागबाट जारी भएको पशुजन्य फिड सप्लिमेन्ट्– प्रोबायोटिक्स – भिटामिन–मिनरल– टक्सिन वाइन्डर आयात सिफारिसपत्र किर्ते गरी अवैधानिक रूपमा दर्ता नभएका औषधि नेपाल भित्र्याएको आरोप लागेको छ।
सीआईबीले विज्ञप्ति अनुसार, सुवेदीले लोक्युअर १० प्रतिशत, फ्लोरुटिन ४५ प्रतिशत, बाइनोडक्स लेभोलपक्स लगायतका औषधिहरुको विवरण किर्ते सिफारिसपत्रमा उल्लेख गरी विभिन्न भन्सार कार्यालयहरूमा पेश गरेका थिए। उक्त कार्यले लिखित सम्बन्धी कसुरको अभियोग लाग्ने देखिएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सुवेदीलाई शंखमुल, काठमाडौंस्थित उनको निवासबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका सुवेदीविरुद्ध थप अनुसन्धान जारी रहेको छ।



About Us
प्रतिक्रिया