काठमाडौं – यो साता सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ । यो साता सुन मूल्यले २ लाख ३९ हजार २०० रुपैयाँ पुग्दै उच्च कीर्तिमानी कायम गर्यो । यो साता शुक्रबार बाहेक अन्य दिन पाँच दिन सुनको मूल्यमा लगातार वृद्धि देखियो । यो साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला सुन तोलामा ७ हजार ४ सय रुपैयाँले बढ्दै २ लाख ३० हजार ६ सय रुपैयाँमा कारोबार भयो ।
यस्तै, सोमबार २५ सय रुपैयाँले बढ्दै दुई लाख ३३ हजार एक सय रुपैयाँ, मंगलबार २३ सय रुपैयाँले बढ्दै दुई लाख ३५ हजार चार सय रुपैयाँ पुग्यो । बुधबार र बिहीबार क्रमशः २६ सय रुपैयाँ र १२ सय रुपैयाँले बढ्यो । तर, साताको अन्तिम कारोबारको दिन सुनको मूल्यमा ४२ सय रुपैयाँको गिरावट देखियो ।
यो साताको शुक्रबार उच्च बिन्दुबाट घटेको सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम भयो । समग्रमा यो साता सुनको मूल्यमा ११ हजार ८ सय रुपैयाँको वृद्धि देखियो ।





About Us
प्रतिक्रिया