दराजको १०.१० तिहार महोत्सवको घोषणाः आकर्षक अफर मार्फत बचत गर्ने सुवर्ण अवसर !


काठमाडौं – देशभर झिलिमिली तथा उजेलीको पर्वका रुपमा परिचित तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित १०.१० तिहार महोत्सवको आयोजना गर्ने घोषणा गरेको छ । पहिलोपटक, यो सेल अक्टोबर ९ (असोज २३)को राति ८ बजेबाटै लाइभ हुने जानकारी दिइएको छ ।

यसले उपभोक्तालाई आफ्ना दैनिक काम सकिए लगतैको समयमा उपलब्ध गरिएका विशेष अफरहरूको लाभ उठाउने सुवर्ण अवसर प्रदान गर्नेछ । आकर्षक अफरहरू मार्फत अत्यधिक बचत गर्न सघाउने र चाडपर्वको अवसरमा अझ रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ घोषित यो महोत्सव अक्टोबर १६ (असोज ३०) सम्म चल्ने जानकारी दिइएको छ ।

दराजले यस वर्षको तिहारलाई थप अर्थपूर्ण तथा रोमाञ्चक बनाउने सोचका साथ महोत्सव मार्फत ७०% सम्मको छुट, निःशुल्क होम डेलिभरी, र १ लाख रूपैयाँभन्दा बढीको खरिदमा १०,००० रूपैयाँसम्मका फ्ल्याट भौचरहरू पनि उपलब्ध गराउने तयारी गरेको छ ।