सिन्धुलीको बीपी राजमार्ग खण्डमा अस्थायी सडक निर्माण सम्पन्न, सवारी–आवागमन सहज हुने


काठमाडौं – सडक डिभिजन खाल्टेले बीपी राजमार्गको सिन्धुली जिल्लाभित्र पर्ने नेपाल थोक, बालुवा, तथा आपघारी (देविथान फाँट) खण्डमा अस्थायी सडक निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ।

यसअघि अवरुद्ध भएको सडक खण्डमा अब बर्दिबास–सिन्धुली–खुर्कोट–बर्खे खोला सम्म सवारी–आवागमन सहज रूपमा सञ्चालन गर्न सकिने भएको छ।

सडक डिभिजन खाल्टेले यो कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने निर्माण व्यवसायी, यान्त्रिक कार्यालय मुलकोट, सवारी चालक, जनप्रतिनिधि, स्थानिय बासिन्दा, सञ्चार कर्मी तथा सुरक्षाकर्मीहरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।