काठमाडौं – माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा माइतीघर मण्डलामा भेला भएका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा डा.निकोलस भुसाल, सञ्जीव दाहालसहित १६ जना रहेका छन् । भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै भेला भएको थियो ।
जेन–जीका विभिन्न समूहहरूले माइतीघरमा प्रदर्शन गर्ने योजना बनाएपछि काठमाडौंको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।



About Us
प्रतिक्रिया