काठमाडौं – काठमाडौंको माइतीघर मण्डलामा ‘एनटिइके–जेड’समूहले बिहीबार (भोली) प्रदर्शन आयोजना गर्ने भएको छ। ‘एनटिइके–जेड’ समूहले प्रदर्शनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आधिकारिक अनुमति मागिएको हो।
सुरेन्द्र घर्ती नेतृत्वको एनटिइके–जेड टिम समूहले भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ। आयोजकले यसलाई शान्तिपूर्ण प्रदर्शन बताएको छ। प्रदर्शनको उद्देश्य हालका सामाजिक तथा राजनीतिक विषयप्रति जनचासो जगाउने रहेको बताएका छन् ।
उनीहरूले शान्तिपूर्ण तरिकामा आफ्ना माग र विचार सार्वजनिक गर्ने तयारी गरिरहेको बताएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले आफ्नो सुरक्षा योजना तयार गरेर उपत्यका प्रहरी कार्यालयसँग थप जनशक्ति र सहयोग मागेको छ।
सम्भावित जोखिम मूल्याङ्कन गरी प्रहरीले प्रदर्शनमा अन्य समूह वा व्यक्ति घुसपैठ गर्न सक्ने सम्भावना देखिएकाले सुरक्षात्मक उपायहरू कडा पार्ने निर्णय लिइएको हो।



About Us
प्रतिक्रिया