काठमाडौं – युवराज पौडेल (सफल)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरूङविरूद्ध प्रहरीमा जाहेरी दिएका छन् ।सफलले आज काठमाडौं प्रहरी परिसर भद्रकाली पुगेर मेयर शाह र गुरुङविरुद्ध राजद्रोहको मुद्दामा जाहेरी दिएका हुन् ।
युवराज सफलले काठमाडौंका मेयर शाह र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। उनले २०८२/२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको विषयलाई लिएर जाेहरी दिएका हुन् ।
यसअघि २०८२ असोज २१ गते मंगलबार नेकपा एमालेनिकट अनेरास्ववियुले पनि मेयर बालेन र हामी नेपालका संस्थापक गुरूङविरूद्ध जाहेरी दिएको थियो।



About Us
प्रतिक्रिया