सातदोबाटो प्रहरी वृत्तका डिएसपी यादवको जिम्मेवारी ६ महिनामै खोसेर चन्दलाई दिइयो


काठमाडौं – ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रामकुमार यादवलाई जिम्मेवारी सम्हालेको ६ महिनामै पदबाट हटाइएको छ । प्रहरीकाअनुसार यादवलाई प्रभावकारी रूपमा काम गर्न नसकेको आरोपसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएको हो।

सामान्यतया वृत्त प्रमुखहरूलाई कम्तीमा एक वर्षसम्म कार्यकाल पूरा गर्न दिने चलन रहेपनि यादवको जिम्मेवारी असामान्य रूपमा छिट्टै खोसिएको हो । यादवको स्थानमा हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी पूर्णिमा चन्दलाई जिम्मेवारी दिइएको छ।