काठमाडौं – काठमाडौंको कोटेश्वर प्रहरी प्रभागबाट लुटिएको पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–१ बेलार बस्ने २३ वर्षीय आकाश शाहीलाई पेस्तोल १ थान र म्याग्जिन १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको भान्सा घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया