लगातार बढ्दै सुनको मूल्य, तोलाको २ लाख ३८ हजार रुपैयाँ

तोलामा २ हजार ६ सय रुपैयाँ बढ्याे


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ। योसँगै प्रतितोला छापावाल सुन २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

हिजो सुन प्रतितोला २ लाख ३५ हजार ४ रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

यससँगै आज चाँदी तोलामा २ हजार ९५५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २ हजार ९ सय ६० रुपैयाँमा किनबेच भएको थियो।