बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुग्यो, १५ जना नाबालक


काठमाडौं – यहि असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ । बाढी पहिरोका कारण ११ जिल्लाका १५ नाबालकसहित ६० जनाले ज्यान गुमाएका हुन् ।

सबैभन्दा धेरै .इलाममा १३ पुरुष १४ महिला र १० नाबालकसहित ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पाँचथरमा ३ पुरुष, ४ महिला र १ नाबालक, उदयपुरमा २ महिला र १ नाबालक, खोटाङमा २ पुरुष, सुनसरीमा १ पुरुष, रौटहटमा १ महिला र २ नाबालक, मोरङमा १ महिला, महोत्तरीमा १ महिलाको ज्यान गएको छ।

त्यस्तै, सिन्धुपाल्चोकमा १ नाबालक, काभ्रेमा २ महिला, सिन्धुलीमा १ जना महिलाले ज्यान गुमाएका छन् ।