काठमाडौं – असोज १८ गतेको अविरल वर्षाका कारण आएको बाढीले जोगमाई खोला साना जलविद्युत आयोजना र जोगमाई क्यासकेड जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।
असोज १९ गते बिहान करिब २,३ बजेको समयमा अनपेक्षित रूपमा आएको पहिरो र बाढीले यी २ आयोजनामा असर पुर्याएकाे हाे ।
जोगमाई खोला साना जलविद्युत आयोजनाको ७.६ मेगावाट र जोगमाई क्यासकेड जलविद्युत आयोजनाको ५.२ मेगावाट जल विद्युतको भौतिक संचरनाहरुमा ठुलो मात्रामा क्षति हुन पुगेको छ । हालका लागि यी २ आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रूपमा बन्द गरिएको छ ।



About Us
प्रतिक्रिया