अविरल वर्षाको प्रभावः एशियन हाइड्रोपावरको तल्लो जोगमाई खोला जलविद्युत आयोजना पूर्ण रूपमा बन्द 


काठमाडौं – असोज १८ गतेको अविरल वर्षाका कारण आएको बाढीले तल्लो जोगमाई खोला जलविद्युत आयोजना पूर्ण रूपमा बन्द भएको छ । 

असोज १९ गते बिहान करिब २, ३ बजे अनपेक्षित रूपमा आएको पहिरो र बाढी बाट एशियन हाइड्रोपावर लिमिटेडले निर्माण गरी सञ्चालन गरेको ६.२ मेगावाटको तल्लो जोगमाई खोला जलविद्युत आयोजना भौतिक संरचनाहरुमा ठुलो मात्रामा क्षति हुन पुगेकोले यो पूर्ण रूपमा बन्द भएको हो । 

साथै, जोगमाई खोलामाअझै बाढी आउने क्रम पूर्ण रूपमा नरोकिएकाले क्षति एकिन गर्ने कार्य जारी रहेको र हाल आयोजनाबाट विद्युत उत्पादन कार्य पूर्ण रूपमा बन्द रहेको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ ।