काठमाडौं – अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको जलप्रवाहमा क्रमशः कमी आउन थालेको छ । प्रहरीका अनुसार अहिले सप्तकोशी ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।
यसअघि आइतबार बिहान पानीको बहाव उच्च भएपछि ५६ ढोकामध्ये ५६ खोलिएको थियो । हिजो पानीको बहाव प्रतिसेकेन्ड ५ लाख भन्दा माथि पुगेको थियो।
सप्तकोशीमा बहाव कम भए पनि सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता कायम राखेका छन्। स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।



About Us
प्रतिक्रिया