अविरल वर्षाले देशभरका २० वटा राजमार्ग अवरुद्ध


काठमाडौं –  अविरल वर्षासँगै देशका विभिन्न भागमा आएको बाढी पहिरोले दर्जनौँ सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार देशभरका २० वटा राजमार्ग पूर्ण रूपमा बन्द भएका हुन् । सडक बन्द हुँदा खाद्यान्न, इन्धन, र अन्य आवश्यक वस्तुहरू ढुवानीमा समस्या भएको छ। ग्रामीण भेगका बासिन्दा स्वास्थ्य सेवा, विद्यालय तथा कार्यालय जान नपाएका छैनन् ।

बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल क्षति पुगेकाले  गर्दा पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरोसहित ढुङ्गा झरी बाटो पूर्ण रूपमा अवरोध भएको छ । 

त्यस्तै, प्रहरीका अनुसार काठमाडौं उपत्यकाको  चन्द्रागिरी नगरपालिका क्षेत्रबाट धादिङ र मकवानपुरतर्फ जाने नागढुङ्गा–गोदाम–टखेल सडक खण्ड दुवै तर्फबाट सवारी साधन होल्ड गरिएको छ। साथै, बागमती गाउँपालिका ३ टाकुचेस्थित कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध छ ।

कोशी प्रदेश

संखुवासभा –भोटखोला गा.पा. ४ करणखोला (कोशी राजमार्ग) पूर्ण अवरुद्ध। मकालु गा.पा.३ एकुवा (कोशी राजमार्ग) पूर्ण अवरुद्ध।

ओखलढुंगा – भँडारे खोला, मानेभञ्ज्याङ गा.पा. ६ र ७ सिमानामा (सिद्धिचरण लोकमार्ग) पूर्ण अवरुद्ध।

उदयपुर – कटारी न.पा. १४ दनले(सिद्धिचरण राजमार्ग)पूर्ण अवरुद्ध।उदयपुर त्रियुगा न.पा. ७ रिशत (मदन भण्डारी लोकमार्ग) — तौशेरिया झोलुंगे पुल क्षेत्र पूर्ण अवरुद्ध।

धनकुटा – पाख्रीबास न.पा. ५ दिक्तेल(मध्य पहाडी लोकमार्ग)पूर्ण अवरुद्ध।

मधेश प्रदेश

रौतहट – चन्द्रपुर न.पा. ९ र २ स्थित पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्ड लकडाउन जस्तै पूर्ण अवरुद्ध।

बागमती प्रदेश

रसुवा –गोसाईंकुण्ड गा.पा.२ मा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बाढीले बगाएपछि पूर्ण अवरुद्ध । गोसाईंकुण्ड गा.पा.२ (तीन स्थानमा)पासाङ ल्हामु सडक खण्ड पूर्ण अवरुद्ध।

रसुवा न.पा. ४ र स्याफ्रुबेसी – पासाङ ल्हामु सडक खण्ड पुनः पूर्णरूपमा अवरुद्ध।

 सिन्धुपाल्चोक

भोटेकोशी गा.पा.४, चारकिलो (अरनिको राजमार्ग)– पूर्ण अवरुद्ध

धुलिखेल–दोलीप्रकार सिँधुपाल्चोक सिमाना (बि.पी. र अरनिको राजमार्ग) – दुवै तर्फ सवारी होल्ड

काभ्रेपलान्चोक

पनौती(अरनिको राजमार्ग) – सडक खण्डमा पहिरो, होल्ड गरिएको

मकवानपुर

इन्द्र सरोवर गा.पा. ४ महालक्ष्मी खोला – फाखेल–हुमाने–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

इन्द्रसरोवर गा.पा. ३ सिस्नेरी बजार – कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पूर्णरूपमा अवरुद्ध

भिमफेदी गा.पा. २ ब्युगु खोला (कान्ति लोकपथ) – पूर्ण अवरुद्ध

भिमफेदी गा.पा.८ भागमार्ग (त्रिभुवन राजमार्ग) – पूर्ण अवरुद्ध

 चितवन

इच्छाकामना गा.पा. ६ नाम्चेखोला र गा.पा. ५ तुइनखोला (नारायणगढ–मुग्लिङ) – एकतर्फी अवरोध, सवारी होल्ड

धादिङ

गजुरी गा.पा. ५ घाटबेसी, गा.पा. ६ जहरेखेत (पृथ्वी लोकमार्ग)_ – एकतर्फी अवरोध र सवारी होल्ड

बेनीघाट रोराङ गा.पा. १० जवाङखोला (पृथ्वी लोकमार्ग) – एकतर्फी अवरोध

सिन्धुली

फिक्कल गा.पा. ६ नागस्थल (मध्य पहाडी लोकमार्ग) – पूर्ण अवरुद्ध

मरिण गा.पा. २ सिन्दुरे (मदन भण्डारी राजमार्ग) – पूर्ण अवरुद्ध