सुन एकैदिन ७४ सयले बढ्दै, तोलाको २ लाख ३० हजार ६०० पुग्यो


काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ। आज चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर २ हजार ९३० रुपैयाँ कायम भएको छ।