काठमाडौं – मुलुकभर परेको अविरल वर्षाका कारण कोशी प्रदेशमा मात्र १८ जनाको ज्यान गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलका अनुसार सबैभन्दा बढी व्यक्तिको मृत्यु इलाम जिल्लामा नै भएको भएको हो ।
उनका अनुसार, माङसेबुङ गाउँपालिका-१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ । फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ । उदारका लागि नेपाली सेनाको हेलिकप्टर तयार रहेकाता पनि मौसमका कारणले गर्दा ल्यान्ड गर्न नसकिएको उनी बताउँछन् ।
त्यस्तै, उदयपुरमा १ जनाको मृत्यु, खोटाङमा खोलाले बगाउँदा एकजना बेपता भएको प्रवक्ता पोखरेल बताउँछन् । कोशी नदीमा ४ लाख ३१ हजार ५ सय पानिको बहाव आएकाले गर्दा ५६ वटा ढोका खोलिएको उनले बताए । साथै, सुनसरी र सप्तरीबाट आउने एउटा नहर भने अहिले खुल्ला गरिएको छ।
प्रहरीहरूले घाइतेहरूलाई ओसार्ने काम समेत भइरहेको उनले बताए । पाटिगाउँमा ३ जनाको मृत्यु हुनुका साथै २ जना गम्भीर घाइते रहेको भएता पनि मौसमका कारण हेलिकप्टर ल्यान्ड गर्न सकिएको छैन । घाइतेहरूको सम्पूर्ण विवरण आई नसकेको उनी बताउँछन् ।



About Us
प्रतिक्रिया