काठमाडौं । सरकारले देशका विभिन्न ५ वटा प्रदेशमा शुक्रबार रातीदेखि जारी वर्षाका कारण सोमबारसम्म सार्वजनिक विदा लम्ब्याउने निर्णय गरेको छ । दसैंको विदा शनिबारसम्म रहेपनि हिड्डुल गर्न नसक्ने अवस्थामा राजमार्ग पुगेपछि गृहमन्त्रालयले आइतबार र सोमबारसम्म सार्वजनिक विदा लम्ब्याउने निर्णय गरेको हो ।
गृहमन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा राहत र उद्धार बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गृहले गरेको हो । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म अविरल वर्षाको प्रक्षेपण गरेको थियो । सोही प्रक्षेपणअनुसार निरन्त वर्षा भइरहेको छ ।
यसबाहेक, गृहमन्त्रालयले अत्यावश्यक बाहेकका काममा बाहिर ननिस्कन अनुरोध समेत गरेको छ ।







About Us
प्रतिक्रिया