शुक्रबार रातीदेखि सुरु भएको अविरल वर्षा अझै ३० घन्टा नरोकिने प्रक्षेपण


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै ३० घन्टा मनसुन सक्रिय रहने प्रक्षेपण गरेको छ । शुक्रबार रातीदेखि सुरु भएको अविरल वर्षा अझै ३० घन्टासम्म रहने विज्ञान विभागले जनाएको हो ।

विभागले यस अघि नै शुक्रबार दिउँसो देखि असोज २० गतेसम्म निरन्त वर्षा हुने प्रक्षेपण गरेको थियो । जसअनुसार, सरकारले आवश्यक तयारी गर्ने अवसर भने पाएको थियो । यद्यपी, असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाले कर्णाली र सुदुरपश्चिम बाहेक सबै प्रदेशमा भारीदेखि उच्च भारी वर्षा भइरहेको छ m

अहिलेसम्म उपत्यका जोड्ने सबै मूख्य सडक तथा राजमार्ग बन्द भइसकेका छन् ।