लामो दूरीको यातायात ३ दिनलाई बन्द, उपत्यका बाहिर हिँडेका सवारीलाई काठमाडौं नै फर्काइयो


काठमाडौं । असोज २० गतेसम्म अविरल वर्षा हुने भएपछि लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायातलाई ३ दिनसम्म सञ्चालन रोक लगाउने निर्णय गरेको हो ।

भारीदेखि उच्च भारी वर्षाको सम्भावना रहेको र शुक्रबार रातीदेखि कर्णाली र सुदुरपश्चिम बाहेकका प्रदेशमा अविरल वर्षा भइरहेकाले यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । यसबाहेक, काठमाडौंबाट नागढुंगातर्फ लागेका सवारीलाई थानकोटबाटै काठमाडौं फर्काइएको छ ।

यसबाहेक, चितवनबाट काठमाडौंतर्फ अघि बढेका सवारीलाई चितवनमै रोकिएको छ । विपि राजमार्ग हिजोदेखि नै अवरुद्ध रहेकोमा पृथ्वी राजमार्ग समेत अवरुद्ध छ ।