काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले बढुवा भएका इन्सपेक्टरलाई दर्जनी चिन्ह प्रदान गरेका छन् । कार्कीको उपस्थितिमा गृह मन्त्रालय (सचिवस्तर) को निर्णयानुसार नेपाल प्रहरी पहरा गण, आर्थिक प्रशासन शाखा, काठमाडौं दरबन्दी भई प्रहरी प्रभाग सानेपा ललितपुरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक कृष्ण बहादुर डिसीलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २(क) को खण्ड (क) बमोजिम प्रहरी निरीक्षक पदको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको हो ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिए ।



About Us
प्रतिक्रिया