भगवती हाइड्रोपावर लाभांश पारित गर्न बोलायो साधारण सभा 


काठमाडौं –  भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २ गते आफ्ना शेयरधनीहरुलाई लाभांश पारित गर्न वार्षिक साधारण सभामा बोलाएको छ । 

कम्पनीको असोज १० गते बसेको सञ्चालक समितिको ६३ औं बैठकको निर्णयअनुसार सो सभा पोखरास्थित आव्या क्लबमा बिहान ११ बजे।बोलाएको हो।

उक्त सभाले चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखा परीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने, १ जना महिला र स्वतन्त्र सहित सहित ७ जनाको सञ्चालक समिति कायम गर्ने प्रस्ताव पारित गर्नेछ।

सो सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २१ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा असोज २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।