काठमाडौं – जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी सरुवा भएका छन्। हालै मात्र भएको प्रहरी संगठनको सरुवा तथा बदली निर्णयअनुसार बोगटीलाई ललितपुरको नेतृत्व जिम्मा दिइएको हो।
यसअघिसम्म ललितपुर परिसरको नेतृत्व एसएसपी श्यामकृष्ण अधिकारीले सम्हाल्दै आएका थिए। बोगटीको सरुवासँगै अब उनले उक्त पद जिम्मेवारीपूर्वक सम्हाल्नेछन्।
अनुशासित, इमानदार र दक्ष प्रहरी अधिकृतको रूपमा परिचित बोगटी सङ्गठनभित्र एक काबिल र विश्वासिलो अफिसरका रूपमा चिनिन्छन्। यसअघि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए, जहाँ उनले महत्त्वपूर्ण अनुसन्धान कार्यमा योगदान दिएका थिए ।



About Us
प्रतिक्रिया