मन्जुश्री फाइनान्सले बोलायो वार्षिक साधारण, बुक क्लोज कहिले ?


काठमाडौं – मञ्जुश्री फाइनान्सले आफ्ना शेयरधनीहरुलाई १८औँ वार्षिक साधारणसभामा बोलाएको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको ३११ औं बैंठकको निर्णयले सो सभा असोज ३१ गते बस्ने निर्णय गरेको हो।

सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित करसहित कुल १५ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सोही सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।