काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष अध्यक्ष शर्माले शपथ लिएका हुन्।
नेपाल सरकारको हिजो बसेको मन्त्रिपरिषद बैठकले उनलाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । हिजोमात्रै अध्यक्षमा नियुक्त भएका शर्माले आज अर्थमन्त्री समक्ष सपथ लिएका हुन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्नेछन् ।






About Us
प्रतिक्रिया