काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुन तोलामा २ लाख २२ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २७ सय ४० रुपैयाँ कायम भएको छ।
यो हालसम्मकै उच्च मूल्य हो । हिजो चाँदीको मूल्य प्रतितोला २६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया