जेनजी आन्दोलनले नेपाल मात्र नभएर विश्वभरि तहल्का मच्चायो । भ्रष्टाचारविरुद्धको यो आक्रोशले भष्ट्रचारीको घर मात्र नभएर सरकारी तथा निजी सम्पत्तिमा पनि आगो सल्कियो । सरकारी भवनहरू, निजी सम्पत्तिहरू ध्वस्त भए । अनुमानित क्षति अर्बौं रुपैयाँ भयो । तर, यो आन्दोलनले विनाश मात्र गरेन धेरै क्षेत्रलाई राम्रो पाठ पनि सिकाएको छ ।
सरकारी सम्पत्तिको बीमा हुनुपर्छ भनेर सधैँ सरकारलाई अनुरोध गरिरहँदा सरकारले बेवास्ता गरेको थियो । यो अप्रत्याशित जोखिमबाट बच्न बीमाको महत्त्व रहेछ भन्ने राम्रो पाठ विगतको सरकार र भावीमा निर्वाचन हुने सरकारले राम्रोसँग बुझ्ने छ ।
हालैको जेनजी आन्दोलनले सरकारी सम्पत्तिमा ठुलो क्षति पुर्यााएर एउटा कठोर पाठ सिकाएको छ । आन्दोलनले सरकारी भौतिक सम्पत्तिको बीमा अनिवार्य गर्नु भविष्यको लागि राम्रो हुने पाठ सिकाएको हो । आन्दोलनका क्रममा सरकारी भवन र अन्य संरचनामा भएको तोडफोडले अर्बौंको नोक्सानी भएको छ ।
तर, बीमाको अभावमा यो आर्थिक बोझ राज्यकोषमाथि परेको छ । जेनजी आन्दोलनको क्रममा धेरै निजी सम्पत्तिमाथि पनि क्षति पुग्यो । तर, धेरै जसो निजी सम्पत्ति र व्यवसायको बीमा भएको भएर सबैको क्षति मूल्यांकको साथै दावीको पनि प्रक्रिया अघि बढिसकेको छ ।
यदि सरकारी सम्पत्तिको बीमा भएको भए क्षतिबाट अर्थतन्त्रलाई जोगाउन पक्कै केही सहज हुन्थ्यो नै । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारी सम्पत्तिको बीमा गर्ने योजना घोषणा गरेका थिए । तर, धेरै समय लगाएर लिइएको निर्णय कार्यान्वयनमा आउन नसक्दा नै सरकारी सम्पत्ति ध्वस्त भएको छ ।
‘नेशनल इन्स्योरेन्स डिस्कोर्श, २०२४’ मा पनि बैंकिङ्ग समाचार डटकमले सरकारी सम्पत्तिको बीमाको आवश्यकता औंल्याएको थियो । जेनजी आन्दोलनले यो मुद्दालाई थप पुष्टि गरेको छ । यद्यपि, सरकारको कार्यान्वयन कमजोरीको इतिहासलाई हेर्दा यो योजनालाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने चुनौती छ । बीमा लागू भएमा आर्थिक स्थायित्व र जोखिम व्यवस्थापनमा ठुलो सहयोग पुग्ने थियो ।
२०७२ को भूकम्पपछि पुनर्निर्माणमा अर्बौं खर्च भएको थियो । जुन बीमाले कम गर्न सक्थ्यो । त्यसपछि नि सजक नभएको राज्य यो पटक ठुलो समस्यामा पर्ने देखिन्छ । यद्यपि, सरकारले बजेटमा समेत उल्लेख गरेको यो योजना कार्यान्वयन तत्काल गर्न सकेको भए आर्थिक स्थायित्वमा राहत मिल्ने थियो ।
उक्त निजी सम्पत्ति वा व्यवसाय सवारी साधनको बीमा गरिएको खण्डमा सर्भे गर्ने काम भने अघि बढिसकेको पनि बीमा कम्पनीहरूले बताएको छ । बीमा भएको सबै पक्षलाई केही आर्थिक भारमा सहज हुने देखिएको छ । बीमाले व्यक्तिको जीवन र सम्पत्तिलाई जोखिमबाट जोगाउँछ । त्यसैले जेनजी आन्दोलनले प्रमाणित गर्यो। बीमा छ भने पुनर्निर्माण सम्भव छ । बीमा छ भने आत्मबल बलियो छ ।






About Us
प्रतिक्रिया