काठमाडौं – बाल यौन दुराचार र जबरजस्ती करणी जस्ता गम्भीर आपराधिक मुद्दाका सुन्धारा र कास्कीको जेलबाट भागेका दुई जना अमेरिकी नागरिकलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा जिल्ला अदालत कास्कीको आदेशअनुसार बाल यौन दुराचारको मुद्दामा कारागार कार्यालय कास्कीमा सजाय भोगिरहेका मिचेल नोर्मान टेलर र जिल्ला अदालत काठमाडौंको आदेशअनुसार जबरजस्ती करणीसम्बन्धी मुद्दामा कारागार कार्यालय जगन्नाथ देवलमा सजाय भोगिरहेका जोन्सन लोयड मुडी रहेका छन् ।
२०७९ सालमा अदालतको आदेशअनुसार कैद भुक्तान गरिरहेका ती दुई अमेरिकी नागरिक भदौ २४ गते जेजनी आन्दोलनका क्रममा आ–आफ्नो कारागारबाट फरार भएका थिए। घटनालगत्तै नेपाल प्रहरीले व्यापक खोजी अभियान थालेको थियो।
विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज काठमाडौं महानगरपालिका–३, महाराजगञ्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो। हाल पक्राउ परेका दुबै प्रतिवादीहरूलाई पुनः सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको छ।






About Us
प्रतिक्रिया