ललितपुरको हरिसिद्धि प्रहरी प्रभागमा आक्रमणपछि हातहतियारसहित फरार एक जना पक्राउ


काठमाडौं – जेनजी आन्दोलनका क्रममा ललितपुरको हरिसिद्धि प्रहरी प्रभागमा भएको लुटपाट, चोरी र आगजनी घटनापछि हराएको हातहतियारसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगा घर भएका गोदावरीको ठैब खुस्बुटोल बस्ने २४ वर्षीय दिपक राई रहेका छन् । 

प्रहरीका अनुसार आन्दोलनको मौका छोपेर केही व्यक्तिहरूले प्रहरी कार्यालयमा आक्रमण गरी हातहतियार, गोलीगठ्ठा लगायतका सामग्री चोरी गरेका थिए। सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राईलाई पक्राउ गरेको हो।

प्राप्त गोप्य सूचनाको आधारमा प्रहरीले राईको डेरा कोठामा छापा मार्दा उनले लुकाएर राखेको अवस्थामा दुई थान पेस्तोल, दुई थान म्यागजिन र १३ राउण्ड गोली फेला पारेको जनाएको छ। उनको साथबाट प्रहरीले टाइप ५३ पेस्तोल थान १, सोको म्यागजिन थान-१, सोको गोली ५ राउण्ड र टाइप ७७  पेस्तोल थान-१ सोको म्यागजिन थान-१, सोको गोली ८ राउण्ड बरामद गरेको छ ।