काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकारी मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मेवारी दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखका रूपमा सरुवा गर्ने निर्णय गरेको हो। उनी अहिले प्रदेश समन्वय विभागमा थिए ।
यसअघिका सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षक बनेपछि सीआईबी कार्यवाहक भरमा प्रहरी अतिरिक्त महानिरीक्षक गोविन्द थपलिया रहेका थिए ।
केसी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रुपमा उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्वमा रहेका बेला नै भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएको थियो ।



About Us
प्रतिक्रिया