संविधान दिवसका अवसरमा युएईका नेताहरूको शुभकामना


काठमाडौं – नेपालले शुक्रबार संविधान दिवस मनाएको अवसरमा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

त्यस्तै, संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल माक्तुम र उपराष्ट्रपति, उपप्रधानमन्त्री तथा राष्ट्रपति दरबारका अध्यक्ष शेख मन्सुर बिन जायद अल नाहयानले पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री सुशिला कार्कीलाई संविधान दिवसको अवसरमा शुभकामना सन्देश प्रेषित गरेका हुन् । 

युएईका नेताहरूले पठाएको सन्देशमा नेपालले शान्ति, प्रगति र समृद्धिको बाटोमा निरन्तर सफलता प्राप्त गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै दुवै देशबीचको मित्रवत् सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।