काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । आज अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा निजी क्षेत्रको सुरक्षा प्रत्याभूति तथा लगानीमैत्री वातावरण निर्माणका लागि अब कसरी अघि बढ्न सकिन्छ भनेर छलफल भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
‘अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति हुुनुपर्ने, कर तिर्ने समय थप गर्ने, सहुलियत दिने, बीमा दाबी भुक्तानी तथा कर्जा प्रवाहमा सरलताका लागि राष्ट्र बैङ्कमार्फत सहजीकरण गरिनुपर्नेलगायतका विषयमा छलफल भएको छ ।’
अध्यक्ष ढकालले भने, ‘अर्थमन्त्रीले निजी क्षेत्रका कुराहरू सकारात्मक रूपमा लिनुभएको छ । केही विषयहरू तुरुन्तै कार्यान्वयनका लागि निर्देशनसमेत दिनुभएको छ ।’ जेनजी प्रदर्शनका क्रममा विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यवसायीका निवासमा आगजनी र तोडफोड भएको थियो ।



About Us
प्रतिक्रिया