जेनजी आन्दोलनको तोडफोडपछि कालिञ्चोक केवलकार अस्थायी रुपमा बन्द


काठमाडौं – जेनजी आन्दोलनको तोडफोडपछि दोलखा कालिञ्चोकमा रहेको केबलकार अस्थायी रुपमा बन्द भएको छ ।

कालिञ्चोक दर्शन लिमिटेडद्वारा सञ्चालित कालिञ्चोक केबलकारमा भदौ २४ गते राति करिब ९ बजे केही अराजक समूहले तोडफोड गरी क्षति पुऱ्याएकाले केवलकार अस्थायी रुपमा बन्द गरिएको हो ।

सो घटनाको कारण कालिञ्चोक केबलकार भदौ २४ गतेदेखि नै अस्थायी रूपमा बन्द भएको कम्पनीले जानकारी दिएको छ ।