लघुबीमा भनेको के हो ?

लघुबीमा भनेको के हो ?


‘न्यून आय भएका वर्ग र पिछडिएको क्षेत्रमा लघुबीमा फिट हुन्छ’  

सामान्यतया लघुबीमा भनेको न्यून आय भएको वर्गका व्यक्तिहरुलाई भविष्यमा हुनसक्ने सम्भावित जोखिमको लागि गरिने बीमा हो । बीमा कम्पनीहरुले पनि लघुबीमा गरिरहेको हो । तर त्यति प्रभावकारी नभएको र त्यतिले नपुगेको खण्डमा लघुबीमा विस्तारका लागि छुट्टै बीमा कम्पनीहरु स्थापना गर्नुपरेको हो । यस्तै बिषयलाई लिएर सानिमा जिआइसी इन्स्योरेन्सका सूचना अधिकृत भद्र बहादुर विष्टसँग बैकिङ्ग समाचारको तर्फबाट नमुना के सीले गरेको कुराकानीः 

लघुबीमा भनेको के हो ? किन गर्ने ?

नेपाल राज्य भरिकै न्यून आय भएका वर्ग पिछडिएको क्षेत्रको बासीन्दा  सिमान्तकृत समुदायलाई लक्षित गर्दै बीमा व्यवसाय गर्नको लागि लघुबीमा निर्देशिका जारी भएको हो । ठुला कम्पनीले पनि लघुबीमा गरिरहेको अवस्था छ । न्यून आय भएका वर्ग र पिछडिएको क्षेत्रमा बीमाको पहुँच पुगोस भन्ने मुख्य उद्देश्यका साथ लघुबीमा भन्ने छुट्टै प्रोडक्ट बीमा प्राधिकरणले अघि बढाएको छ । यो महत्वपूर्ण र राम्रो छ । 

लघुबीमाका विशेषताहरु के–के हुन ? 

जस्तै बैकिङ्ग क्षेत्रमा लघुवित्त भने जस्तै बीमा क्षेत्रमा पनि लघुबीमा भित्र जीवन,निर्र्जीवन र पुनर्र्बीमा हो । लघुबीमामा पनि निर्जीवन र जीवन बीमा हुन्छ । नेपालमा ७५ करोड चुत्ता पुँजी लघु बीमामा तोकेको अवस्था छ । त्यही पुँजीको आधारमा हाम्रो लघुबीमा कम्पनीहरु स्थापना गरिएको छ । सोही अनुसार आफ्नो प्रोडक्ट ल्याइरहनु भएको छ । र कुनै कम्पनी उद्घाटनको क्रममा छन् । 
\"\"
लघुबीमा विस्तारका लागि किन छुट्टै बीमा कम्पनीहरु स्थापना गर्नु परेको हो ? 

बीमा कम्पनीहरुले लघुबीमा गरिरहेकै छन । तर लघुबीमा नियमन गर्ने निकाय बीमा प्राधिकरणबाट निर्देशन प्राप्त भए बमोजिम हामीले विभिन्न जिल्लाहरुमा, उपत्यका भन्दा बाहिर लघुबीमाकै निमित्त शाखाहरु खोलेर कृषि पशुपन्छीको निमित्त लघुबीमा गरिरहेकै अवस्था छ । तर यसले पनि पुगेन र नेपालका दुरदराजमा बीमाको पहुँच पुग्न सकेन भनेर सरकारले शहरमा मात्र बीमा केन्द्रित नहोस भनेर छुट्टै अवधारणा ल्याएको हो । 

लघुबीमा प्रति आम नागरिकको कम ध्यानाकर्षण नहुनुको कारण के हो ? 

यस्तो छ  आर्थिक गतिबिधि हुने ठाउँमा बीमा र बैकिङ्ग हुन्छ । लघुबीमा सानो पुँजी र सानो बिमाङ्क नै थोरै हुन्छ । लघुबीमा निर्जीवनमा पाँच लाखदेखि पचास लाखसम्मको बिमाङ्क छ । जीवन बीमामा पाँच लाख मात्र छ । लघुबीमा भनेको दुरदराजमा हुने भयो दुरदराजमा शाखा खोलेर कर्मचारी राखेर त्यसबाट कमाउँछ भन्नेपनि हुन्छन । त्यसो हुनाले ठुला कम्पनीको शाखा नै ठुलो हुन्छ । कर्मचारीहरु नै धेरै राख्नु पर्ने हुन्छ । अलिक गाह्रो पर्यो कि भनेर सरकारले सानो शाखा थोरै कम्पनी भयो भने प्रतिफल कमाउँछ भन्ने हुनसक्छ । 

\"\"लघुबीमा कुन वर्गको लागि ? के कस्ता प्रकारका छन ? 

लघुबीमा नेपालभरकै न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायको लागि हो । लघुबीमा मुख्य दुई प्रकारका छन् । लघु जीवन बीमा र लघु निर्जीवन बीमा र त्यो भित्र पनि विभिन्न प्रोडक्टहरु छन् ।