काठमाडौं – बीमा व्यवसायको एक महत्त्वपूर्ण अङ्ग हो । बीमा सर्भेयर । बीमा व्यवसायमा बीमा सर्भेयरका भूमिका धेरै छन् । सर्भेयरविना कम्पनीले बीमा दाबी भुक्तानी गर्न सक्दैन । बीमा सर्भेयरले घटनास्थलमा पुगेर क्षतिको लेखाजोखा गरेपछि मात्र बीमा कम्पनीहरूले बीमितलाई दाबी भुक्तानी दिने गरेका छन् । त्यसकारण बीमा बजारमा सर्भेयरको भूमिका महत्त्वपूर्ण रहन्छ। सर्भेयरले स्वतन्त्र रूपमा निरीक्षण गरेर बीमित, बीमक, बीमा कम्पनी तथा बीमा समितिलाई काम गर्न सहज बनाउने गर्छन् । त्यस्तै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको कारण धेरै सम्पत्ति, सवारी साधनको क्षति भएको छ । जसको लागि सर्भेयरहरूले सर्भेको काम पनि सुचारु गरिसकेका छन् । सर्भेयरहरूले आफ्नो रिपोर्ट बीमा कम्पनीहरूलाई बुझाएपछि मात्र दावीको प्रक्रिया अघि बढ्छ । सर्भेयरहरूले सर्भेको काम कसरी गरिरहेका छन् ? प्राधिकरणले के कस्तो निर्देशन दिएको छ र सर्भेयर प्रक्रियामा दुवै पक्षको के कस्तो भूमिका रहन्छ भन्ने विषयमा इन्जिनियर सर्भेयर गजेन्द्र झासँग बैंकिङ्ग समाचारले गरेको कुराकानीको सम्पादित अशंः

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले धेरै निजी सम्पत्ति र सवारी साधनमा क्षति पुर्याएकाे छ । यस्तो अवस्थामा सर्भेयरहरूले क्षतिको मूल्यांकन र सर्भे कार्य सुरु गरिसकेका छन् । तर, सर्भे प्रक्रिया अगाडि बढाउन नक्सा पास कागजात अनिवार्य हुने भएकाले बीमितहरूले आवश्यक कागजात समयमै उपलब्ध गराउनुपर्ने देखिन्छ ।
जीवन बीमा व्यवसायमा सर्भेयरको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ । बीमा सर्भेयरले घटनास्थलको निरीक्षण गरी क्षतिको मूल्यांकन गरेपछि मात्र बीमा कम्पनीहरूले बीमितलाई दावी भुक्तानी प्रदान गर्छन् । सर्भेयरले स्वतन्त्र रूपमा काम गरी बीमित, बीमक, बीमा कम्पनी र बीमा समितिलाई सहज कार्य गर्ने वातावरण सिर्जना गर्छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले धेरै निजी सम्पत्ति र सवारी साधनमा क्षति पुर्याएकाे छ । यस्तो अवस्थामा सर्भेयरहरूले क्षतिको मूल्यांकन र सर्भे कार्य सुरु गरिसकेका छन् । तर, सर्भे प्रक्रिया अगाडि बढाउन नक्सा पास कागजात अनिवार्य हुने भएकाले बीमितहरूले आवश्यक कागजात समयमै उपलब्ध गराउनुपर्ने देखिन्छ ।

जेनजी आन्दोलनका कारण विशेष गरी सरकारी सम्पत्तिमा ठुलो क्षति भएको छ । जसको बीमा नहुँदा बीमा क्षेत्रमा कुनै आर्थिक भार पर्ने छैन । तर, निजी सम्पत्तिको हकमा बीमा भएका सम्पत्तिहरूको दावी प्रक्रिया भने अगाडि बढ्ने सम्भावना छ । चौधरी मोटर्स, सिप्रदी ट्रेडिङ, हिल्टन होटल, भाटभटेनी सुपरमार्केट, महिन्द्रा, सुजुकीजस्ता व्यवसायका सम्पत्तिमा भएको क्षतिलाई सर्भेयरहरूले मूल्यांकन गरिरहेका छन् । सर्भे प्रक्रियामा घरको नक्सा, भवनको स्क्वायर मिटर, बीमा कागजात, क्षतिग्रस्त सम्पत्तिको तस्बिर, निर्माण लागत र बीमा रकमको विवरण आधार मानेर सर्भेयरहरूले प्रतिवेदन तयार गर्छन् । यो प्रतिवेदन बीमा कम्पनीलाई बुझाएपछि मात्र दावी प्रक्रिया अगाडि बढ्छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले धेरै निजी सम्पत्ति र सवारी साधनमा क्षति पुर्याएकाे छ । यस्तो अवस्थामा सर्भेयरहरूले क्षतिको मूल्यांकन र सर्भे कार्य सुरु गरिसकेका छन् । तर, सर्भे प्रक्रिया अगाडि बढाउन नक्सा पास कागजात अनिवार्य हुने भएकाले बीमितहरूले आवश्यक कागजात समयमै उपलब्ध गराउनुपर्ने देखिन्छ ।
सर्भे प्रक्रियामा नक्सा पास कागजातको विशेष महत्त्व रहन्छ । भूकम्पको समयमा धेरै बीमा दावीहरू नक्सा पास कागजातको अभावमा रद्द भएका थिए । घरको स्क्वायर फिट र अन्य विवरण स्पष्ट नहुँदा सर्भेयरहरूलाई प्रतिवेदन तयार गर्न कठिनाइ भएको थियो । राष्ट्र बैंकले पूर्णरुपमा निर्माण नभएका घरहरूलाई ऋण नदिने नीति लागू गरेपछि बीमा दावी प्रक्रिया झन् सहज भएको छ । नक्सा पास कागजात नभएका घरहरूको बीमा दावी प्रक्रिया अगाडि बढ्न नसक्ने भएकाले बीमितहरूले नगरपालिकाबाट स्वीकृत नक्सा, इजाजतपत्र र डिजाइन विवरण अनिवार्य रूपमा पेस गर्नुपर्छ ।

बीमा कम्पनी र सर्भेयरहरूले दावी भुक्तानीमा आनाकानी गर्छन् भन्ने आरोप लाग्ने गरेको छ । तर, बीमितहरूले समयमै आवश्यक कागजात उपलब्ध नगराउँदा प्रक्रियामा ढिलाइ हुने गरेको सर्भेयरहरू बताउँछन् । घरको बीमा दावीका लागि नक्सा पास, डिजाइन विवरण र नगरपालिकाको इजाजत पत्रजस्ता कागजात अनिवार्य हुन्छन्। सर्भेयरहरूले यथासम्भव छिटो प्रतिवेदन बुझाउन प्रयास गर्छन्, तर कागजातको अभावमा प्रक्रिया लम्बिन सक्छ । भूकम्पको समयमा जस्तो ठुलो संख्यामा सर्भे गर्नुपर्ने अवस्था नभए पनि, यो आन्दोलनले सीमित सम्पत्तिमा भएको क्षतिका कारण सर्भे प्रक्रिया तुलनात्मक रूपमा सहज हुने अपेक्षा गरिएको छ ।
जेनजी आन्दोलनले निजी सम्पत्तिमा भएको क्षतिलाई सही मूल्यांकन गरी बीमितहरूलाई उचित दावी भुक्तानी प्रदान गर्न सर्भेयरहरूको भूमिका महत्त्वपूर्ण छ ।
जेनजी आन्दोलनले निजी सम्पत्तिमा भएको क्षतिलाई सही मूल्यांकन गरी बीमितहरूलाई उचित दावी भुक्तानी प्रदान गर्न सर्भेयरहरूको भूमिका महत्त्वपूर्ण छ । बीमितहरूले समयमै आवश्यक कागजात उपलब्ध गराएमा दावी प्रक्रिया छिटो र सहज हुने देखिन्छ । बीमा समितिको निर्देशनअनुसार सर्भेयरहरूले निष्पक्ष र पारदर्शी रूपमा काम गरिरहेका छन् । नक्सा पास कागजातको अभावमा दावी प्रक्रिया रद्द हुने जोखिम रहेकाले बीमितहरूलाई समयमै कागजात तयार राख्न सुझाव दिइएको छ ।






About Us
प्रतिक्रिया