काठमाडौं – ज्योति क्यापिटल लिमिटेडले असोज १० गते लगानीकर्तालाई तेस्रो वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको ६९ औँ बैठकको निर्णयले सो सभा ज्योति विकास बैंक केन्द्रीय कार्यालयको सभाहल, कमलपोखरी काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुने भएको हो ।
सो सभाबाट आर्थिक वर्ष २०८२/०८३ को लेखा परीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कर प्रयोजनका लागि समेत गरी हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत नगद लाभांश १ करोड ४७ लाख वितरण गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गर्ने भएको छ ।



About Us
प्रतिक्रिया