नवनियुक्त ३ मन्त्रीको शपथ ११ बजे, आजै पदभार ग्रहण गर्ने


काठमाडौं । आन्दोलनको जगमा बनेको अन्तरिम सरकारका ३ जना मन्त्रीले आज ११ बजे शपथ लिने भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले पहिलो चरणमा मन्त्रीपरिषद् विस्तार गर्दै ३ जना मन्त्रीको नाम टुंगो लगाएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले गृहमन्त्रालसहित कानून मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी थिइन् । यस्तै, अर्थमन्त्रालयको जिम्मेवारी रामेश्वर खनालले पाउँदा कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । योसहित उनलाई शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ ।

६ महिनामा निर्वाचन गराउने लक्ष्यसहित बनेको यो सरकारले माघ २१ गतेलाई निर्वाचनको मिति तय गरेको छ । तर, तोकिएको समयमा निर्वाचन गराउनका लागि चूनौती भने उल्लेख्य छन् ।