सुदूरपश्चिमबाट भागेका ४९३ जना फरार पुनः पक्राउ 


काठमाडौं – जेनजी आन्दोलनमा सुदूरपश्चिम प्रदेशका पनि अधिकांश जिल्ला कारागारका अधिकांश कैदीबन्दी भागेका थिए । प्रदेशमा बाजुरा जिल्लाका बाहेक सबै जिल्ला कारागारका कैदीबन्दी भागेका हुन् । 

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता प्रकाश राना भाटकाअनुसार १४ सय ५६ जना कैदीहरु भागेका थिए। जसमध्येबाट ४९३ जनालाई पुनः पक्राउ गरिसकेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रवक्ता प्रकाश राना भाटले बताएका छन्।

उनका अनुसार अन्य फरार कैदी बन्दीहरुलाई पुनः पक्राउ गर्न विभिन्न प्रहरी वृत्तहरूबाट प्रहरी खटाइएको छ ।