चितवन कारागार तोडफोड गरी फरार कैदी धमाधम पर्न थाले पक्राउ 


काठमाडौं – जेनजी आन्दोलनका क्रममा चितवन कारागार तोडफोड र आगजनी गरेर फरार भएका कैदीहरू धमाधम पक्राउ पर्ने थालेका छन् । 

कारागारबाट ७४० जना कैदीहरू फरार भएको थिए । ती मध्ये लगभग ३ सय जना जति कैदीहरुलाई पुन: पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले बताएका छन् । 

चितवन कारागारमा रहेका ४६ महिला कैदीबन्दीमध्ये २७ जना आइसकेका छन् ।