जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो


काठमाडौं – जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताएका छन् । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको हो ।

पहिलो पदर्शनको दिनमा मात्र देशभरबाट २१ जनाको मुत्यु भएको थियो ।