आज सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको हो ।

यससँगै आज सुन तोलामा २ लाख १५ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुनको मूल्य तोलामा २ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ६० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २५ सय ६५ रुपैयाँ कायम भएको छ। यो हालसम्म्कै उच्च हो । हिजो चाँदीको मूल्य प्रतितोला २५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।