देशभरबाट भागेका १४ हजारभन्दा बढी कैदीमध्ये अझै १२ हजार ८ सय फरार


काठमाडौं – २३ गतेबाट शुरु भएको जेनजी आन्दोलनको अवसरपारेर देशभरबाट १४ हजार ३ सय ७ जना कैदीहरु कारागारबाट भागेका छन् । जेनजी आन्दोलन उग्र बने पछि देशभरबाट १४ हजार ३ सय ७ जना कैदीहरु कारागारबाट भागेका हुन् ।

कारागारमा तोडफोड गर्दै भागेका यी कैदीहरुमध्ये १ हजार ४ सय ५५ जना कैदीलाई पुन पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताएका छन् । उनका अनुसार जेनजी आन्दोलनको मौका परेरे फरार भएका कैदीहरु मध्ये अझै १२ हजार ८ सय ५३ जना कैदीहरु फरार नै रहेका छन् ।

सर्वाधिक कैदी काठमाडौंका कारागारहरूबाट फरार भएको प्रवक्ता घिमिरेले बताए। आन्दोलनकै क्रममा तोडफोड र आगजनी गर्दै भागेका कैदीबन्दीहरूलाई पुनः पक्राउ गर्न प्रहरी, सशस्त्र प्रहरी र सेनाले संयुक्त रुपमा खोजतलास अभियान सञ्चालन गरिरहेको छ।