काठमाडौं – राजधानीस्थित सुन्धारा कारागारबाट गए राति ठुलो संख्यामा कैदीबन्दी फरार भएका छन् । कारागारमा रहेका ३ हजार ८ सय कैदीबन्दीमध्ये अहिले ५ सय हाराहारी मात्र भित्र रहेका छन् भने बाँकी कैदी फरार भएका हुन् ।
फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि रहेको पुष्टि भएको छ।



About Us
प्रतिक्रिया