काठमाडौं – नेपाली सेनाले जेनजीको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुबाट लुटिएका र फेला पारेका हातहतियार, गोलीगठ्ठा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउन आग्रह गरेको छ । सेनाले एक सूचना जारी गर्दै तत्काल फिर्ता गर्न भनेको हो ।
सेनाले त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्ने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन अनुरोध गरेको छ । साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नु समेत अनुरोध गरेको छ । यस्तै, सेनाले हातहतियार र गोलीगठ्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारबाही हुने बताएकाे छ ।



About Us
प्रतिक्रिया