अपराधिक कार्य रोक्न देशभर कर्फ्यु


काठमाडौं – देशको विद्यमान अवस्थालाई मध्यनजर गरी सेनाले देशभर कर्फ्यु जारी गरेको छ । नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै अपराधिक कार्यमा रोक्न कर्फ्यु जारी गरेको बताएको हो । 

सेनाले जारी गरेको उक्त कर्फ्यु आज बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा कायम रहनेछ भने त्यसपछि भोलि भाद्र २६ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश लागू हुनेछ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार, परिस्थितिको विश्लेषण गरेर थप जानकारी गराइनेछ । जेनजीको आन्दोलनको आडमा  अराजक व्यक्ति र समूहले तोडफोड गर्ने आगजनी, लुटपाट, हिंसा र बलत्कार प्रयास गर्ने भएकाले कर्फ्यु जारी गरिएको विज्ञप्ति उलेख्य गरिएको छ। 

साथै, कर्फ्युको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन गर्न पाइनेछन्। सेनाले आवश्यक परे नजिकैका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न अनुरोध गरेको छ।