काठमाडौं – कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारी संरचना हाम्रै राष्ट्रको भएको बताउँदैका थप मानवीय र भौतिक क्षति हुन नदिन आग्रह गरेका छन् । उनले अब संयमता अपनाउदै वार्ता र संवादबाट निकास दिन अनुरोध गरेका हुन् ।
`मुलुक हामी सबैको हो। जनता नै सार्वभौम हुन्, युवा वर्तमान र भविष्य हुन्। हामीले कलिला छोराछोरी गुमायौं, उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना छ।
घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।सरकारी संरचना हाम्रै राष्ट्रको हो। अब थप मानवीय र भौतिक क्षति हुन नदिउँ´ उनले भने ।



About Us
प्रतिक्रिया