राष्ट्रपति पौडेलको जेनजीलाई अपिल,’लोकतन्त्रको माया गर्दै वार्तामा आउनुस्,’


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संयमित हुन र वार्तामा आउन सबैलाई अपिल गरेका छन्। मङ्गलबार उनले एक अपिल जारी गर्दै सबै पक्षलाई संयमितता अपनाउन र वार्तामा आउन अनुरोध गरेका हुन् ।

लोकतन्त्रमा नागरिकले उठाएका मागहरु जेनजीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवाद मार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन वार्तामा आउन सबै पक्षलाई अपिल गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको जानकारी गराउँदै अहिलेको लोकतन्त्रको माया गर्दै समस्या समाधानका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।