काँग्रेसलाई सरकार छोड्न नेविसंघको आह्वान


काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपाली काँग्रेसलाई सरकार छोड्न आग्रह गर्दै ‘अपराधको भागीदार नबन’ आह्वान गरेको छ।

त्रिचन्द्र बहुमुखी क्याम्पस इकाईले आयोजना गरेको प्रदर्शनमा विद्यार्थीहरूले ‘सरकारको रगत रातो छ, अब त अति भो’ लगायतका नाराबाजी गर्दै काँग्रेसले सरकारमा बसिरहनु जनताप्रति अन्याय भएको बताएका छन्।

स्ववियु सभापति गोविन्द कोइरालाको नेतृत्वमा भएको प्रदर्शनमा नेविसंघका कार्यकर्ताले काँग्रेसलाई तत्काल सरकारबाट बाहिरिन दबाब दिएका थिए।